आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएका छौंः पुष्पकमल दाहाल


१९ आश्विन २०८१, शनिबार १७:३० मा प्रकाशित


काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीले आगामी निर्वाचन एक्लै लड्ने संकल्प लिएको बताउनुभएको छ ।


नेकपा (माआवादी केन्द्र) को पहिचानलाई स्थापित गराउन पनि आफूहरुले आसन्न स्थानीय तहको उपनिर्वाचन र २०८४ सालको निर्वाचनमा एक्लै लडने संकल्प लिएको अध्यक्ष दाहालको भनाई थियो ।

पार्टीको दोलखा–काठमाडौं सम्पर्क समन्वय समितिले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले टानको निर्वाचनमा आफ्नो पार्टी पक्षधरले एक्लै जितेपछि काँग्रेस–एमाले लगायतका प्रतिक्रियावादीहरुको सात्तो गएको जिकिर पनि गर्नुभयो ।

अध्यक्ष दाहालले आसन्न उपनिर्वाचनमा जितेर माओवादी केन्द्रले एक्लै निर्वाचन जित्नसक्छ भन्ने सन्देश दिनेगरी त्यसको तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले आगामी निर्वाचन आफ्नो पार्टीले जित्ने दाबी समेत गर्नुभयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here