बिर्तामोड  चिल्ड्रेन हस्पिटलकाे तेस्रो स्थापना दिवस सम्पन्न


१० आश्विन २०८१, बिहीबार १९:०३ मा प्रकाशित

बिर्तामोड झापाको बिर्तामोडमा–१ मा रहेको ‘बिर्तामोड चिल्ड्रेन हस्पिटल’ ले तेस्रो बार्षिक उत्सव धुमधामका साथ मनाएर समपन्न गरेको छ । झापाको पहिलो बाल अस्पताल ‘बिर्तामोड चिल्ड्रेन हस्पिटल’ ले झापाली पत्रकारहरुबीच आफ्नो तेस्रो स्थापना दिवस मनाएको हो ।

झापाको पहिलो बाल अस्पतालको रुपमा रहेको बिर्तामोड चिड्रेन अस्पतालले गत एक बर्षको अवधिमा २ हजार सात सय ५१ जनालाई ओपिड सेवा, १ हजार ७४ जनालाई इमरजेन्सी सेवा प्रदान गरेको छ ।

यस अस्पतालमा भर्ना भएका बिरामीहरुमध्ये ९९.९ प्रतिशत बालबच्चाको सफल उपचार पश्चात घर फकेर्को बिर्तामोड चिल्ड्रेन हस्पिटलका प्रबन्ध निदेर्शक विशिष्ट बालरोग विशेषज्ञ डा. दिपक आचार्यले जानकारी दिनुभयो ।


विशेष गरेर बालबालिकामा देखा पर्ने रोगहरु मेनेन्जाइटिजस्, मुटुको बिरामी, दिमागमा अक्सिजनको कमि, बाथ रोग, मृगौला रोग लगायतका जटिल रोगहरुको समेत सफल उपचार गर्नुका साथै अटिजम रोग समेत पत्ता लगाउने गरेको छ । यस अस्पतालले १ बर्षको अवधिमा जम्मा २४ लाख २४ हजार ३०९ रुपैंया छुट दिएको छ ।


अस्पतालले गाउँपालिका नगरपालिका साथै विभिन्न संघसंस्थासँग समन्व्य गरेर नवजात शिशु तथा बालबालिकाको स्वास्थ्यका विषयमा स्वास्थ्य शिविर समेत सञ्चालन गर्दै आइरहेको छ ।

अत्याधुनिक जापानिज प्रविधिका उपकरणसहित इको र इसिजिको समेत व्यवस्था सहित २४ सै घण्टा सेवा प्रवाह गरिरहेको छ भने ६ जना विशेषज्ञ चिकित्सक र अनुभवी नर्सिङ स्टापसहितको सेवा उपलब्ध छ । अब छिट्टै अस्पतालको सेवा विस्तार गर्दै धेरैसेवा प्रवाह गर्ने चिड्रेन हस्पिटल अध्यक्ष लिला मैनालीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here