पाथिभरा इन्जिनियरिङ कलेजमा तीन वर्षे डिप्लोमा तहको अध्यापन हुने


१ आश्विन २०८१, मंगलवार १७:२२ मा प्रकाशित

बिर्तामाेड । झापाको बिर्तामोडस्थित बसपार्कमा सञ्चालित पाथिभरा इन्जिनियरिङ कलेजमा तीन वर्षे डिप्लोमा तहको अध्यापन हुने भएको छ ।

यसै शैक्षिक सत्र २०८१ देखि कलेजले तीन वटा विषयमा ३ वर्षे डिप्लोमा तहको पठनपाठन शुरु गर्ने भएको हो । कलेज परिसरमा मंगलबार पत्रकार सम्मेलनको आयेजना गरी कलेजका डिप्लोमा तहको पठनपाठनबारे जानकारी दिएको हो ।

कलेजका कार्यकारी प्रमुख अनुज पराजुलीले यस वर्ष २०८१ देखि भर्ना लिने गरी ३ वर्षे डिप्लोमा तहको सिभिल, इलेक्टिकल र कम्प्युटर विषयमा अध्यापन गर्न लागिएको जानकारी दिनुभएको हो ।

प्रत्येक विषयमा ४८/४८ जना विद्यार्थी भर्ना गरिने उनले बताउनुभयो । एसईई वा सो सरह उत्तीर्ण गरेका विद्यार्थीले यसै वर्षदेखि भर्ना भएर अध्ययन गर्न सक्ने उहाँको भनाई छ । उहाँले १२ कक्षा नपढी सोझै तीन वर्ष पढेर ओभरसियर बन्न सकिने र ओभरसियरको अध्ययनसँगै रोजगारी पाइने बताउनुभयो ।

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त विगत तीन वर्षदेखि स्नातक तहमा इन्जिनियरिङ विषयका कक्षाहरु सञ्चालन गर्दै आएको कलेजमा सिटिईभिटीका कक्षाहरु सञ्चालन हुने भएको हो । पाथिभरा इन्जिनियरिङ कलेज पूर्वको पहिलो र एक मात्र निजी इन्जिनियरिङ कलेज हो । कलेजमा सिभिल इन्जिनियरिङ र कम्प्युटर इन्जिनियरिङको कक्षा पनि सञ्चालन हुँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here