कोटिहोममा रहेकाे बिश्वकर्मा बाबाको मन्दिर सञ्चालनमा


१ आश्विन २०८१, मंगलवार १७:०९ मा प्रकाशित

झापा । झापाको कन्काई नगरपालिका ४ कोटिहोम परिसर भित्र विगत २५ बर्षदेखि निर्माणाधीन अवस्थामा रहेको बिश्वकर्मा बाबाको मन्दिर आजबाट पुर्ण रुपमा सञ्चालनमा आएको छ ।


बिश्वकर्मा बाबा पुजाको अवसर पारेर पं. शेर प्रसाद सिन्चौरीको पाठवारायण बाट मुर्तिको प्राण प्रतिष्ठा गरि विधीवत रूपमा सम्पूर्ण मानव जगतका लागी संचालनमा ल्याइएको हो ।

कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधि सभा सांसद हर्कमाया विश्वकर्मा लगायत अन्य उपस्थिति अतिथिहरुद्वारा संयुक्त रुपमा रिवन काटेर उक्त मन्दिरलाई आजबाट सञ्चालनमा ल्याइएको हो ।

कार्यक्रममा मन्दिर निमार्णका लागि सहयोग गर्ने १८२ जना दाताहरुलाई प्रमाणपत्र सहित सम्मान गरिएको थियो । २०४१ सालमा मन्दिर निमार्ण गर्ने संकल्पका साथ निमार्ण गरिएको श्री विश्वकर्मा बाबाको मन्दिर २०५१ सालमा शिलान्यास गरिएको थियो ।

२०६५ सालदेखी मन्दिर निर्माणको काम पुर्ण रुपले सुचारु भएसँगै मन्दिर निमार्णको काम २०७४ सालमा सम्पन्न भएको थियो । तर विभिन्न कारणले सञ्चालनमा आउन नसकिरहेको अवस्थामा विश्वकर्मा पूजाको अवसर पारेर बिश्वकर्मा बाबा मन्दिर सञ्चालनमा ल्याइएको सञ्चालक समितिका सचिव गोपाल लकान्द्रीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here