प्रधानमन्त्री भइसक्नुभएका नेतालाई उहाँहरुको वौद्धिकतामा समाजवादको रुपरेखा छैन भनेर कसरी भन्नुः वामदेव गौतम


२५ भाद्र २०८१, मंगलवार १६:४४ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले समाजवादी उत्पादन पद्धति विकास गर्ने योजना संसदमा प्रश्तुत हुन नसकेको भन्दै आपत्ति जनाउनुभएको छ ।


मंगलवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालको संविधानले समाजवाद निर्माण गर्न राजनीतिक पार्टीहरुलाई मार्गदर्शन गरेको बताउनु भयो । उहाँले समाजवाद उत्पादन पद्धति विकास गर्न मार्ग दर्शन गर्ने संविधान जारी भएको पनि १० वर्ष भइसक्दासमेत समाजवादी उत्पादन पद्धति विकास गर्ने योजना संसदमा प्रश्तुत हुन नसकेको बताउनु भयो ।

यसबीचमा कम्युनिष्ट र काँग्रेस गरी तीन जना नेता प्रधानमन्त्री बनिसक्नुभएको र आलोपालो जारी रहेको बताउनु भयो । समाजवाद सबभन्दा पछि विकसित भएको उत्पादन पद्धतिको नाम भएको उहाँको भनाइ छ । यस्ता उत्पादन पद्धतिहरु संसारमा अरु चार वटा प्रकट भइसकेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here