प्रचण्डलाई काँग्रेस सांसदको प्रश्नः बंगलादेश नेपालमा जहाजमा ल्याउनुहुन्छ की रेलमा ?


२५ भाद्र २०८१, मंगलवार १५:४२ मा प्रकाशित

काठमाडौं । नेपाली काँग्रेसका राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले देश बंगलादेश बन्दैछ भन्दै भ्रम पैदा गरेको भन्दै आपत्ति जनाउनुभएको छ ।


मंगलवारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले आपत्ति जनाउनुभएको हो । उहाँले केही समयअघि देश श्रीलंका बन्छ भन्दै हल्ला गर्ने र अहिले देश बंगलादेश बन्छ भन्दै भ्रम पैदा गर्ने गरेको बताउनु भयो । बंगलादेश नेपालमा रेल चढाएर ल्याउने की हवाई जहाज चढाएर ल्याउने भन्दै प्रश्न गर्नुभयो । उहाँले पूर्वप्रधानमन्त्री जस्तो मान्छेले जनतामा भ्रम पैदा गर्न नहुने भन्दै सचेत गराउनु भयो । 

सांसद मिश्रले सरकारले जनतालाई आशा जगाउने काम गर्नुपर्ने बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here