मुलुकमा छिट्टै सतप्रतिशत विद्युतिकरणको घोषणा हुन्छः कार्यकारी निर्देशक घिसिङ


१ भाद्र २०८१, शनिबार १६:४१ मा प्रकाशित

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले छिट्टै मुलुकमा सतप्रतिशत विद्युतिकरण घोषणा हुने बताउनुभएको छ । शनिवार नेपाल विद्युत प्राधिकरणको ३९ औँ वार्षिकोत्सव समारोहमा बोल्दै कार्यकारी निर्देशक घिसिङले मुलुकमा सतप्रतिशत विद्युतिकरण भएको घोषणा हुने अवस्थामा पुगेको बताउनुभएको हो ।

उहाँले ८ वर्षअघि करिव ५८ प्रतिशत घरधुरीमा मात्र पुगेको विद्युत सेवा अहिले करिव ९९ प्रतिशतभन्दा बढीमा पुगेको भन्दै सरकारले सञ्चालन गरेको उज्यालो नेपाल अभियानको सबैभन्दा ठूलो सफलता नै यही भएको बताउनु भयो ।

कार्यकारी निर्देशक घिसिङले प्राकृतिक र प्राविधिक कारणले केही क्षण बत्ति जाने र आउने हुनेगरेको भन्दै लोडसेडिङ भने इतिहासको विषय भइसकेको बताउनु भयो । उहाँले वर्षायाममा भारततर्फ विद्युत निर्यात गरी उल्लेख्य विदेशी मुद्रा आर्जन गर्न र व्यापार घाटा कम गर्नसक्ने अवस्थामा पुगेको जानकारी दिनुभयो । 

कार्यकारी निर्देशक घिसिङले हिउँद याममा अझै केही महिना विद्युत आयात गर्नुपरे पनि आयातको परिणाम क्रमशः घट्दै जाने बताउनु भयो । उहाँले सुकुम्वासी, चेपाङ र मुसहर लगायतका विपन्न वर्गहरुलाई निःशुल्क मिटरसहितको विद्युत सेवा उपलब्ध गराइएको पनि बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here