सिआईपी सम्मान दिने निश्चित मिति घोषणा गरौँः चन्द्र ढकाल


१ भाद्र २०८१, शनिबार १६:४४ मा प्रकाशित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले सिआईपी सम्मान (व्यवसायिक महत्वपूर्ण व्यक्ति) गर्ने निश्चित मिति घोषणा गर्न माग गर्नुभएको छ । शुक्रवार नेपाल सिमेन्ट उत्पादक संघको नवनिर्वाचित कार्यकारी समितिको बैठकमा बोल्दै उहाँले यस्तो माग गर्नुभएको हो ।

सिआईपी  जारी गर्ने निश्चित मिति घोषणा गर्नसके धेरै निर्यात गर्ने, धेरै कर तिर्ने, धेरै भन्दा धेरै रोजगारी दिने र व्यवसायीलाई पनि सक्षम बनाउने काम हुने बताउनु भयो । उहाँले सिआईपी जारी गर्ने निश्चित मिति घोषणा गर्दा समग्रमा सकारात्मक वातावरण दाबी गर्नुभयो । उहाँले नेपाल सरकारका कतिपय नीतिहरुको कारणबाट उद्योगी, व्यवसायीहरुले दुःख पाइरहेको बताउनु भयो ।

उहाँले आवश्यक भएको ठाउँमा नीतिहरु परिवर्तन गरी समय सापेक्ष बनाउन माग गर्नुभयो । उहाँले दुई ठूला राजनीतिक दलहरु मिलेर बनेको सरकारपछि निजी क्षेत्रले लगानी गर्ने मनोबल बढाएको बताउनु भयो । उहाँले निजी क्षेत्रलाई सँगै लिएर जानसके मात्रै सरकार सफल हुने बताउनु भयो । 

अध्यक्ष ढकालले अहिले सकारात्मक माहोल बनिरहेको भन्दै यसले आगामी दिनमा निजी क्षेत्रबाट महत्वपूर्ण उपलब्धि हुने विश्वास राख्नुभयो । उहाँले दुई ठूला राजनीतिक दल मिलेर बनेको सरकारबाट व्यवसायीक वातावरण मिलेको महशुस भएको बताउनु भयो । उहाँले अहिले लगानीको वातावरण रहेको र आन्तरिक लगानी बढ्नेमा विश्वस्त रहेको जिकिर गर्नुभयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here