रास्वपा संसदीय दलको अनौपचारिक बैठक सिंहदरबारमा शुरु


१६ बैशाख २०८३, बुधबार १२:४९ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको अनौपचारिक बैठक शुरु भएको छ । 


सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक शुरु भएको हो । बैठकमा पार्टी सभापतिसहित काठमाडौं उपत्यकामा उपलब्ध सांसदहरूको उपस्थिति रहेको छ । समसामयिक राजनीतिक परिस्थिति र संसदीय गतिविधिका विषयमा छलफल गर्न उक्त अनौपचारिक बैठक आह्वान गरिएको हो ।

बैठकमा उपस्थित सांसदहरूबीच विभिन्न समसामयिक एजेण्डामा विचार विमर्श भइरहेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here