प्रधानमन्त्री ओलीलाई भेटेर मुकुल ढकालले दिए प्रदेश खारेज गर्न सुझाव


२८ श्रावण २०८१, सोमबार १२:०५ मा प्रकाशित

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीबाट निश्काषनमा परेका डा. मुकुल ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेटेका ढकालले विभिन्न विषय समेटेर १५ बुँदे सुझाव पेश गरेका छन्।

जसमा प्रशासन सुधारदेखि न्यायालय सुधारसम्मका सुझाव समेटेएिका छन्। ढकालले संविधान संशोधनको सवालमा भने उनले केही नसोचिकन प्रदेश खारेज गर्न भनेका छन्। उनले अहिले जनतामा प्रदेश संरचानलाई लिएर व्यापक निराशा र चिन्ता रहेको दाबी गरेका छन्।

यस्तै, जिल्ला समन्वय समिति खारेज र उपराष्ट्रपति पद पनि खारेज गर्न भनेका छन्। डा. ढकालले प्रशासन सुधार, स्थानीय सरकारका भ्रष्टाचार र बेथिति नियन्त्रण, मिटरब्याज पीडितका समस्या समाधान, खानेपानी, सिँचाइ, मल, बजारको व्यवस्थापन गरी किसानका समस्या समाधान गर्न सुझाव दिएका छन्।

अस्पतालसम्म पुग्न सडक कालोपत्रे, शिक्षामा क्यालेन्डर, उद्यमशीलता प्रवर्द्धन एवं उत्पादनमा वृद्धि, सार्वजनिक खरिद ऐनमा सुधार, प्राकृतिक सम्पदाको प्रयोग लगायतका विषय सुधारमा समेटेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here