अरब लिगद्वारा गाजा स्कुलमा इजरायली आक्रमणको निन्दा


२८ श्रावण २०८१, सोमबार ११:४८ मा प्रकाशित

अरब लिगका महासचिव अहमद अबोल–घितले गाजा शहरमा आश्रयस्थलको रूपमा प्रयोग गरिएको विद्यालयमा एक सय भन्दा बढी विस्थापित प्यालेस्टिनीहरूलाई मारेकोमा इजरायलको निन्दा गर्नुभएको छ ।

अबोल– घितले बिहानको प्रार्थनाको समयमा विस्थापित नागरिकहरूलाई मार्नु अपराध हो भएको बताउनु भयो । अरब लिग प्रमुखले गाजामा कैदी आदानप्रदान सम्झौता र तत्काल युद्धविरामका लागि गम्भीर रूपमा वार्ता गर्न इजरायललाई वास्तविक दबाब दिन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्नुभयो ।

हमासद्वारा सञ्चालित गाजाको सरकारी मिडिया कार्यालयले शनिवार बिहान गाजा सहरको एउटा विद्यालयमा इजरायलीले गरेको बमबारीमा १०० भन्दा बढी प्यालेस्टाइनीको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएको बताएको छ । इजरायली सेनाका अनुसार आक्रमण हुनुअघि सर्वसाधारणलाई हुने क्षति न्यूनीकरणका लागि धेरै कदम चालिएको थियो । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here