Wednesday, 18 November 2026
Suryodaya Online
२ मंसिर २०८३, बुधबार
विज्ञापन

आज केही स्थानमा हिमपात, बिहीबारदेखि मौसम खुल्ने

Suryodaya Online TV

काठमाडौं । देशका अधिकांश स्थानमा आगामी शनिबारसम्म वर्षा नहुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बिहीबारदेखि शनिबारसम्म पहाडी तथा हिमाली भूभागमा आंशिक बदली भए पनि पानी पर्ने सम्भावना छैन।

आज बिहान तराईका भूभागसँगै उपत्यका र खोँचका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ। दिउँसो भने देशका अधिकांश स्थानमा मौसम सफा रहने अनुमान गरिएको छ।

आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

आज कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना छ।

महाशाखाको पूर्वानुमानअनुसार बिहीबारदेखि मौसममा सुधार आउनेछ। पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल देखिए पनि वर्षा हुने सम्भावना नरहेकाले आगामी केही दिन देशका अधिकांश क्षेत्रमा मौसम अनुकूल रहने देखिएको छ।

विज्ञापन

प्रतिक्रिया दिनुहोस्

☷ write your comment

0/1000

🔒 Your information is secure and private