संविधानले निर्धारण गरेको दायराअनुसार काम गर्छुः महान्यायाधिवक्ता बडाल


३ श्रावण २०८१, बिहीबार १८:२८ मा प्रकाशित

महान्यायाधिवक्ता रमेश बडालले संविधानले निर्धारण गरेको दायराअनुसार काम गर्ने बताउनुभएको छ । बिहीवार महान्यायाधिवक्ताको पदभार ग्रहण गरेसँगै सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले आफू र महान्यायाधिवक्ताको कार्यालयले संविधानले निर्धारण गरेको दायराअनुसार सबै कामहरु गर्ने बताउनु भयो । उहाँले शिरमा संविधान र कानूनलाई राखेर आफूहरुले काम गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले अभियोजन गर्दा दोषीलाई मात्रै अभियोजन गर्ने बताउनु भयो । अभियोजन गर्दा वस्तुनिष्ठ हिसावमा मात्रै गर्ने प्रतिवद्धता जनाउनु भयो । 

महान्यायाधिवक्ता बडालले पीडितलाई न्याय र राहत दिने काम संवैधानिक दायराभित्र रहेको गर्ने बताउनु भयो । बिगो प्रणालीको मापदण्ड निर्धारण गर्न कार्यदल गठन गरेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here