बंगलादेशमा आरक्षणविरुद्धको प्रदर्शनमा हिंसा, २५ जनाको मृत्यु


४ श्रावण २०८१, शुक्रबार ०९:२८ मा प्रकाशित

ढाका । बंगलादेशमा ‘मुक्ति युद्ध’मा लडेका सैनिकका छोराछोरीका लागि ल्याइएको आरक्षणको विरूद्धमा प्रदर्शनमा हालसम्म २५ जनाको मृत्यु भएको छ।

बिबिसी हिन्दीका अनुसार आरक्षण विरूद्ध विद्यार्थीहरूले देशव्यापी प्रदर्शन गरिरहँदा सेना र सत्तापक्षका कार्यकर्ताहरू पनि सरकारको निर्णयको पक्षमा आन्दोलमा उत्रिएपछि भएका हिसांत्मक घटनाहरूमा अहिलेसम्म २५ जनाको मृत्यु भएको हो।

सन् १९७१ मा पाकिस्तानबाट छुट्टिएर बंगलादेश स्वतन्त्र हुँदा लडेका बंगलादेशी सेनाहरूलाई त्यहाँ ‘मुक्ति योद्धा’ भनिन्छ।

सरकारले तीनै सेनाका सन्तानहरूलाई सरकारी जागिरमा विशेष आरक्षण दिने नीति सरकारले ल्याएको थियो।

यसलाई प्रधानमन्त्री शेख हसिनाले आफ्ना समर्थकहरूलाई रिझाउनका लागि उक्त नीति ल्याएको र यसले देशका अन्य युवारहरू अवसरबाट बञ्चित हुने भन्दै त्यहाँका विद्यार्थीहरू दुई सातादेखि आन्दोलनरत छन्।

प्रहरी र प्रदर्शनकारीबीच झडप भएका घटना बढ्दै गएको र यसबाट सयौं घाइते भएको बिबिसीले उल्लेख गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here