झापा । अचानक परेको चट्याङ लागेर झापाको कमल गाउँपालिका वार्ड नं २ का एक पुरुषको मृत्यु भएको छ।
आज बिहान ७ बजे घरबाट खेततर्फ जाने क्रममा कमल २ का ४६ बर्षिय राजन खड्कालाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
गम्भीर घाइते भएका खड्कालाई दमकको आम्दा अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए।