काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल र भारतका बीचमा भएका विभिन्न सन्धि सम्झौताहरुलाई परिमार्जन गर्नेगरी अगाडी बढ्ने समझदारी भएको बताएका छन्।
मङ्गलवार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ मा परराष्ट्र मन्त्रालयबाट विनियोजित बजेटको सम्बन्धमा उठेका प्रश्नका जवाफ दिँदै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो ।
उहाँले नेपाल र भारतका प्रधानमन्त्रीबिच भएको भेटवार्तामा १९५० को सन्धि, शान्ति तथा मैत्री सन्धि लगायत विद्यमान द्विपक्षिय सन्धि सम्झौताहरुलाई परिमार्जन र अद्यावधिक गर्ने समझदारी भएको बताउनु भयो ।
यसको लागि सीमा सम्बन्धि विषयलाई स्थापित कुटनीतिक संयन्त्रहरुमार्फत समाधान गर्नेगरी अगाडी बढ्ने समझदारी भएको उहाँले जानकारी दिनुभयो ।
उहाँले आफ्नो पछिल्लो भारत भ्रमणको क्रममा पनि यो विषयमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा भएको र मोदीले सकारात्मक रुपमा लिनुभएको बताउनु भयो ।