काठमाडौं । नेपाल विद्यार्थी संघका निःवर्तमान अध्यक्ष दुजाङ शेर्पाले सरकारले रानजनीतिक दलहरुले नियुक्त गरेका सबै व्यक्ति तथा पदाधिकारीहरु खराब हुन् भन्ने भाष्य बनाउन खोजेको टिप्पणी गर्नुभएको छ ।
ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष शेर्पाले यसतो बताउनुभएको हो । प्रधानमन्त्री बालेन्द्र साहले विगतका सरकारले गरेको सबै राजनीतिक नियुक्तिहरुको बद्नाम गर्नेगरी भाष्य निर्माण गर्नै खोजेको आरोप लगाउनुभएको हो ।
विगतका सरकारदे नियुक्त गरेका सबै पदाधिकारीहरूलाई ‘ब्रिफकेस बुझाएर आएका’ भन्ने सन्देश फैलाउन खोजिएको उहाँको जिकिर छ । उहाँले प्रधानमन्त्रीको क्याबिनेटमा रहेका अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई कति रकम बुझाएर योजना आयोगको उपाध्यक्ष बन्नुभएको हो ? भन्दै प्रश्न समेत गर्नुभयो ।
उहाँ विद्यार्थी संगठनहरु खारेज गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै प्रतिवादको लागि तयार रहन आग्रह समेत गर्नुभयो ।






