अष्ट्रेलियालाई पराजित गर्दै भारत आइसीसी टि-२० विश्वकपको सेमीफाइलनमा


१२ असार २०८१, मंगलवार ०७:४५ मा प्रकाशित

झापा । अष्ट्रेलियालाई पराजित गर्दै भारत आइसीसी टि-२० विश्वकपको सेमीफाइलनमा प्रवेश गरेको छ ।

भारतले अस्ट्रेलियालाई २४ रनले पराजित गरेको हो । भारतले दिएको २ सय ६ रनको लक्ष्य पछ्याउने क्रममा अष्ट्रेलियाले २० ओभरमा ७ विकेटको क्षतिमा जम्मा १८१ रन बनाउन सक्यो ।

भारतसँगै दक्षिण अफ्रिका र इंल्याण्ड सेमीफाइलनमा प्रवेश गरेको छ ।

अस्ट्रेलियाले भने अब आफ्नो भाग्यको फैसलाका लागि मंगलबार बिहानसम्म पर्खनुपर्नेछ । अफगानिस्तान र बंगलादेशबीचको खेलले समूहबाट सेमीफाइनल पुग्ने दोस्रो टोलीको टुङ्गो लाग्नेछ । आफगानिस्तानले बंगलादेशलाई हराए टोली अस्ट्रेलियालाई उछिन्दै अन्तिम चारमा प्रवेश गर्नेछ ।

सोमबारको खेलमा अस्ट्रेलियाका लागि ट्राभिस हेडले सर्वाधिक ७६ रनको योगदान दिए । उनले ४३ बलमा ९ चौका र ४ छक्का प्रहार गरे ।

उनलाई कप्तान मिचेल मार्सले ३७ रन बनाउँदै साथ दिए । मार्सले २८ बलमा ३ चौका र २ छक्का प्रहार गरे । मार्स र हेड मिलेर ४८ बलमा ८१ रनको साझेदारी गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here