रबरको पाइपले विद्यार्थी कुट्ने डिसिप्लिन इन्चार्ज भण्डारी निलम्बित


१२ असार २०८१, मंगलवार ०७:२३ मा प्रकाशित
विद्यार्थीको शरीरमा नीलडाम र कुट्ने विवेश भण्डारी।

झापा । झापाको बुद्धशान्ति १ मा रहेको बुद्ध आदर्श माध्यमिक विद्यालयका रबरको पाइपले कक्षा ७ का विद्यार्थी कुट्ने डिसिप्लिन इन्चार्ज विवेश भण्डारीलाई विद्यालयले निलम्बन गरेको छ।

सोमबार दिउँसो विद्यालय व्यवस्थापन समितिको बैठकले भण्डारीलाई एक महिनाका लागि निलम्बन गरेको व्यवस्थापन समितिका अध्यक्ष मनोरथ तिवारीले जानकारी दिए।

उनका अनुसार एक महिनाभित्र उनले समितिमा लिखित स्पष्टीकरण दिनु पर्नेछ। स्पष्टीकरण चित्तबुझ्दो नभए निष्कासन गरिने तिवारीले बताए।

विद्यालयले भण्डारीलाई कारबाही गर्ने प्रतिवद्धता व्यक्त गरेपछि सोमबार बिहान अभिभावकहरूसंग सहमति भएको थियो।

सोमबार बिहान इलाका प्रहरी कार्यालय बुधबारेमा सर्वपक्षीय छलफल भएको थियो। 

विद्यालयमा खेलकुद तथा अनुशासन कायम राख्न भनेर निजी स्रोतमा विद्यालय व्यवस्थापन समितिले मार्सल आर्ट खेल्ने विवेश भण्डारीलाई डिसिप्लिन इन्चार्ज (डिआइ) राखेको थियो। 

आइतबार उनले कक्षा ७ का विद्यार्थीहरूलाई रबरको पाइपले प्रहार गरेका थिए। विद्यार्थीहरूको शरीरमा नीलडाम बसेको छ। एक जना विद्यार्थी अस्पताल भर्ना भएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here