अब महाधिवेशनलाई रोक्नसक्ने कुनै शक्ति नेपालमा छैनः झलनाथ खनाल


८ असार २०८१, शुक्रबार १८:३१ मा प्रकाशित

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीको महाधिवेशनलाई कसैले रोक्न नसक्ने बताउनुभएको छ ।

नेपाल खेलकुद महासंघ समाजवादीले ललितपुरमा आयोजना गरेको मैत्रीपूर्ण फुटबल प्रतियोगितमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले असार १६ गतदेखि पार्टीको महाधिवेशन आएको भन्दै पार्टीको महाधिवेशन रोक्नसक्ने कुनैपनि शक्ति नेपालमा अहिले नरहेको बताउनु भयो ।

उहाँले महाधिवेशन सफलतापूर्वक सम्पन्न हुने बताउनु भयो । उहँँले पार्टीको महाधिवेशनलाई सफल बनाउन एकतावद्ध हुनुपर्ने बताउनु भयो । उहाँले महाधिवेशनलाई ऐतिहासिक, प्रगति, एकता, पुनःगठको महाधिवेशन बनाउन आग्रह गर्नुभयो ।
सम्मानित नेता खनालले पार्टीको महाधिवेशन कम्युनिष्ट आन्दोलनको इतिहासमा नै महत्वपूर्ण ऐतिहासिक महाधिवेशन हुन लागेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here