संघीय निजामती सेवा ऐन चालु वर्षे अधिवेशनमा पारित हुन्छः मन्त्री जोशी


८ असार २०८१, शुक्रबार १६:१३ मा प्रकाशित

काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवासम्बन्धी विधेयक चालु वर्षे अधिवेशनबाट पारित गर्ने बताएका छन् । शुक्रबार मन्त्रालयको सय दिनको कामको जानकारी गराउन सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो प्रतिबद्धता दोहोर्‍याए । 

यो वर्षे अधिवेशनमा सो विधेयक पारित गराउन कुनैपनि हालतमा मन्त्रालय प्रतिबद्ध रहेको मन्त्री जोशीको भनाई थियो । उनले धेरै छलफलको माग भएकाले सो विधेयक समयमै संसद्‌बाट पारित हुन नसकेको स्पष्टिकरण पनि दिए।

मन्त्री जोशीले सो विधेयकलाई टुंगो लगाउन सरकारले सराकारवाला पक्षसँग पनि फेरि छलफल गर्ने बताए । मन्त्री जोशीले भने, यो वर्षे अधिवेशनमा यो विधेयक आउँछ । यसमा तपाईहरु कुनै भ्रममा नपर्दा हुन्छ ।

कुनै पनि हालतमा यो मन्त्रालय त्यसमा प्रतिबद्ध छ भन्ने कुरामा म भन्न चाहन्छु । यो अधिवेशनमा आउँछ । यो मेरो विश्वास पनि हो । प्रतिबद्धता पनि हो । विश्वास के हो भन्दाखेरि सबै राजनीतिक दलहरुसँग छलफल गरेको छु। उहाँहरु पनि पोजिटिभ नै हुनुहुन्छ ।

उनले निजामती सेवा विधेयक सबैको चासो र चिन्ताको विषय भएकाले यसमा धेरै छलफल भएको समेत बताए । मन्त्री जोशीले संघीयता कार्यान्वयनमा कमी भएको स्वीकार गर्दै सरकारले संघीयता कार्यान्वयनको विषयमा जोड दिएर अघि बढ्ने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here