नेपालमा कसैले नल्याएको नेपाली विशेषताको समाजवादको कार्यक्रम ल्याउँदैछौँः अध्यक्ष नेपाल


८ असार २०८१, शुक्रबार १८:३८ मा प्रकाशित

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीले महाधिवेशनबाट पहिलो पटक नेपाली विशेषताको समाजवादको कार्यक्रम ल्याउने बताउनुभएको छ ।

नेपाल खेलकुद महासंघ, समाजवादीले ललितपुरमा आयोजना गरेको मैत्रीपूर्ण फुटबल प्रतियोगितमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा यसअघि कुनैपनि पार्टीले अगाडि नसारेको नेपाली विशेषताको समाजवादको कार्यक्रम ल्याउन लागेको जिकिर गर्नुभयो ।

उहाँले नेकपा (एकीकृत समाजवादी) सबै क्षेत्रमा अग्र पंक्तिमा उभिन चाहने पार्टी रहेको बताउनु भयो । उहाँले पार्टीलाई सबै क्षेत्रमा अग्रपंक्तिमा उभ्याउन सबैको साथ र सहयोग चाहिएको बताउनु भयो ।
अध्यक्ष नेपालले कुनै न कुनै गतिविधिबाट नै कुनैपनि पार्टीले आफ्नो सक्रियता देखाउनसक्ने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here