विराटनगर । नेपाल बैंक लिमिटेडले विराटनगरस्थित रघुपति जुट मिल्स परिसरमा एटीएम सेवा सञ्चालनमा ल्याएको छ।
बैंकको ९०औँ वार्षिकोत्सवको अवसरमा मिल्स एरिया शाखाले सुरु गरेको एटीएम सेवाको उद्घाटन प्रदेश प्रमुख प्रकाश पहारीले गरे।
कार्यक्रममा शाखा प्रबन्धक बिनिता शर्मा, रघुपति जुट मिल्सका प्रमुख कार्यकारी अधिकृत मनोज अग्रवाल, प्रमुख वित्तीय अधिकृत चन्द्रमणि दाहाललगायतको उपस्थिति थियो।
एटीएम सेवा सञ्चालनमा आएपछि जुट मिल्सका कर्मचारी तथा सेवाग्राहीलाई नगद कारोबारमा सहज हुने अपेक्षा गरिएको छ।