गठबन्धनले प्रधानमन्त्री फेर्ने बाहेकको काम गर्न सक्दैनः मिनेन्द्र रिजाल


२३ माघ २०८०, मंगलवार १८:४७ मा प्रकाशित

नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले सत्तारुढ गठबन्धनले प्रधानमन्त्री फेर्ने बाहेकको काम गर्न नसक्ने बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले जय नेपाल भनेको लाल सलाम र लाल सलाम भनेको जय नेपाल हो भनेर नारा लगाएर चुनाव जितेका पार्टीहरुबाट धेरै आशा गर्न नसकिने बताउनु भयो ।

उहाँले अहिलेको गठबन्धनले ५ वर्षका लागि सम्झौता भएको भन्दै नेकपा एमालेले फकाउन नसके प्रधानमन्त्री फेर्नु बाहेकको नयाँ काम हुन नसक्ने जिकिर गर्नुभयो ।

उहाँले गठबन्धनका शिर्ष नेताले सत्ता बाहेक बाँकी सत्य नदेखेको बताउनु भयो ।नेता रिजालले निर्वाचन प्रणाली बदल्नैपर्ने आवश्यकता रहेको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here