दिगो विकास तथा सुशासन समितिले ग¥यो नागढुंगा–सिस्नेखोला सुरुङमार्गको अवलोकन


२३ माघ २०८०, मंगलवार १८:३० मा प्रकाशित

राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले नागढुंगा–सिस्नेखोला सुरुङमार्गको अवलोकन गरेको छ ।

मंगलवार समितिका सभापति प्रकाश पन्थको नेतृत्वमा समितिका सदस्यहरुले नागढुंगा–सिस्नेखोला सुरुङमार्गको अवलोकन गरेका हुन् ।

सुरुङमार्गको अवलोकनपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति पन्थले सरकारले द्रुत गतिमा काम अगाडी बढाएको खण्डमा एक वर्षभित्रमा सुरुङमार्गका काम सम्पन्न हुने बताउनु भयो ।

उहाँले आयोजना समयमै सम्पन्न हुनुपर्नेमा आफूहरुको जोड रहेको उल्लेख गर्नुभयो ।

आयोजनामा केही स्थानमा जग्गाको मुआब्जा दिने बाहेकका धेरै ठूला समस्याहरु नरहेको जानकारी आफूहरुले पाएको उहाँले बताउनु भयो ।

सभापति पन्थले समितिमा पुनः नागढुंगा–सिस्नेखोला सुरुङमार्गको सम्बन्धमा छलफल गरेर चाँडै निर्माण सम्पन्न गर्नका लागि सरकारलाई निर्देशन दिने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here