आदिवासी जनजातिसम्बन्धि छुट्टै शिक्षालयको व्यवस्था हुनुपर्छः रामबहादुर थापामगर


७ माघ २०८०, आईतवार १८:२४ मा प्रकाशित

आदिवासी जनजाति आयोगले आफ्ना समुदायको ज्ञान, सिपसम्बन्धि छुट्टै शिक्षालयको व्यवस्था गर्नुपर्ने बताएको छ ।

आयोगका अध्यक्ष रामबहादुर थापामगरले आदिवासी जनजातिहरुको ज्ञान र सीप सम्बन्धि छुट्टै शिक्षालयको व्यवस्था गर्न आवश्यक हुने बताउनुभएको हो ।

आईतबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकका बोल्दै उहाँले विद्यार्थी संख्या पुगेन भन्दैमा विद्यालय नै हटाउने कानूनी व्यवस्था तत्काल हटाउन पनि सरकारलाई सुझाव दिनुभयो ।

अध्यक्ष थापामगरले जिल्ला शिक्षा कार्यालयको व्यवस्था अव गर्न नहुनेतर्फ पनि सरकारलाई सचेत गराउनु भयो ।

पालिकाहरुको अधिकार कटौति हुने भएकाले पनि जिल्ला शिक्षा कार्यालयको व्यवस्था गर्नुपर्ने आवश्यक्ता नभएको उहाँको तर्क थियो ।


अध्यक्ष थापामगरले विद्यार्थी जनसंख्याको आधारमा राज्यका निकायहरुमा प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने धारणा समेत राख्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here