माईतीघरको निषेधाज्ञा हटाउन माग गर्दै नेविसंघको प्रदर्शन


७ माघ २०८०, आईतवार १८:५६ मा प्रकाशित

सत्तारुढ दल नेपाली काँग्रेसको भ्रातृ संगठनले माईतीघर मण्डलाको निषेधाज्ञा हटाउन माग गर्दै बिरोध प्रदर्शन गरेको छ ।

आईतवार काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले माईतीघरमा सरकारले लगाएको निषेधाज्ञा हटाउन माग गर्दै बिरोध प्रदर्शन गरेको हो ।

निषेधित क्षेत्रमा बिरोध प्रदर्शन गरेसँगै उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुले माईतीघरको निषेधाज्ञा खारेज गर्, अभिव्यक्ति स्वतन्त्रता कामय गर् लगायतका प्लोकार्ड र नारा लगाएर बिरोध प्रदर्शन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here