राम मन्दिरको प्राणप्रतिष्ठाको पूर्वसन्ध्यामा धनुषा र महोत्तरीमा शोभायात्रा


७ माघ २०८०, आईतवार १७:३७ मा प्रकाशित

राम मन्दिरको प्राणप्रतिष्ठाको पूर्वसन्ध्यामा धनुषा र महोत्तरीमा शोभायात्रा

भारतको अयोध्यामा उद्घाटन हुन लागेको राम मन्दिरको प्राणप्रतिष्ठाको पूर्वसन्ध्यामा धनुषा, महोत्तरी लगायतका जिल्लाहरुमा सांस्कृतिक झाँकीसहितको शोभायात्रा निकालिएको छ ।

आईतवार महोत्तरीको जलेश्वर र धनुषाको जनकपुरधाममा सांस्कृतिक बाजागाजासहितको ¥याली निकालिएको हो ।

¥यालीमा सहभागीहरुले हिन्दु धर्मावलम्वीहरुका लागि यो क्षण खुशीमय रहेको बताए ।

उनीहरुले नगर परिक्रमा गर्दै कलशयात्रा समेत गरेका छन् । भगवान रामको जन्मस्थल मानिने भारतको अयोध्यामा भव्य राम मन्दिर बनाइएको छ ।

नेपालभरका पाँच हजार मन्दिरहरूमा सोमवार मध्यान्ह १२ बजेदेखि १ बजेसम्म सत्सङ्ग भजन कीर्तन गर्ने, विजय महामन्त्र जप, आरती तथा प्रसाद वितरण अनि साँझ सबै हिन्दुहरूले दीप उत्सव गर्न गर्न आह्वान गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here