काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले घटेको हो ।
मूल्य घटेसँगै आज छापावाल सुन प्रतितोला २ लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १ सय रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।