Monday, 16 November 2026
Suryodaya Online
३० कात्तिक २०८३, सोमबार
विज्ञापन

राप्रपाको मधेस यात्रामा उद्धवराज भेटुवालसहित युवा नेताहरू सक्रिय

Suryodaya Online TV

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्वु ओलीको नेतृत्वमा पार्टीका युवा नेताहरू चार दिने तराई–मधेस यात्रामा जाने भएका छन्।

यात्रामा राप्रपाका केन्द्रीय सदस्य तथा आईटी विभाग प्रमुख उद्धवराज भेटुवाललगायत नेताहरू सहभागी हुनेछन् ।

अध्यक्ष राजेन्द्र लिङ्देननिकट मानिने नयाँ पुस्ताका नेताहरूको टोलीले मधेसका आठ जिल्लामा स्थानीय नेता तथा कार्यकर्तासँग संवाद र अन्तरक्रिया गर्ने पार्टीले जनाएको छ। ओली र भेटुवालसहितका नेताहरूले यात्राका क्रममा पार्टीको नीति, विचार र सिद्धान्तबारे स्पष्ट पार्नुका साथै राष्ट्रिय राजनीतिमा राप्रपाको भूमिका र औचित्यबारे छलफल गर्नेछन्।

यसअघि पार्टीका अग्रज नेताहरूले गरेको मधेस भ्रमणपछि उत्पन्न भएको भनिएका ‘भ्रम’ चिर्नु पनि यात्राको उद्देश्य रहेको सहभागी नेताहरूले बताएका छन्।

टोलीमा प्रवक्ता गोपाल दाहाल, सहमहामन्त्री मोहन यादव, विभत्सु थापा, प्रवास विभाग प्रमुख आनन्द अधिकारी, सहायक प्रवक्ता पूर्ण चन्द र किसान संगठनका प्रेम फुयाललगायत नेताहरू पनि सहभागी हुनेछन्।

कार्यतालिकाअनुसार मंसिर १ गते सप्तरी र सिराहा, मंसिर २ गते धनुषा र महोत्तरी, मंसिर ३ गते सर्लाही र रौतहट तथा मंसिर ४ गते बारा र पर्सामा कार्यक्रम हुनेछ।

विज्ञापन

प्रतिक्रिया दिनुहोस्

☷ write your comment

0/1000

🔒 Your information is secure and private