नयाँ मौद्रिक नीतिले अर्थतन्त्र चलायमान हुने अर्थमन्त्री महतको दाबी


८ श्रावण २०८०, सोमबार १३:३२ मा प्रकाशित

बुटवल । अर्थमन्त्री डा.प्रकाशशरण महतले चालु आर्थिक वर्षका लागि राष्ट्र बैंकले ल्याएको नयाँ मौद्रिक नीतिले अर्थतन्त्र चलायमान हुने दाबी गर्नुभएको छ ।

आज बुटवलमा भएको पत्रकार सम्मेलनमा बोल्दै उहाँले नयाँ मौद्रिक नीतिले लगानीको वातावरण सहज बनाउने बताउनुभयो । उहाँले मौद्रिक नीतिमा आफूले भन्दै आएको ब्याजदरमा खुकुलो पार्नलाई सम्बोधन गरिएको बताउनुभयो ।

मन्त्री महतले अब निजी क्षेत्रमा लगानी सहज हुने, ब्याजदर घट्दै जाने बताउनुभयो । हिजो मौद्रिक नीति सार्वजनिक भएको थियो । 

फरक प्रसङ्गमा अर्थमन्त्री महतले सूचना दिनेलाई पुरस्कारको व्यवस्था भएका कारण सय किलो सुन पक्राउ परेको बताउनुभयो । उहाँले भन्सारमा आधुनिक मेसिन जडान गर्नुपर्ने आवश्यकता रहेको पनि बताउनुभएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here