बुद्धशान्ति–२ का वडाध्यक्ष ओली घुस लिँदालिदै रङ्गेहात पक्राउ


८ आश्विन २०८१, मंगलवार १६:५२ मा प्रकाशित

बिर्तामोड । झापाको बुद्धशान्ति–२ का वडा अध्यक्ष डिल्ली प्रसाद ओली ८० हजार रुपैयाँ घुस लिँदालिदै रङ्गेहात पक्राउ परेका छन् ।

उनलाई मंगलबार विर्तामोड स्थित हनुमान सेन्ट्रलबाट विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले नियन्त्रणमा लिएका हुन् । भारतको सिलिगुडीका अमरनाथ चौहानबाट जग्गा मिलाइदिने नाममा रकम लिँदालिदै वडाध्यक्षलाई नियन्त्रणमा लिई विप्लवका कार्यकर्ताले प्रहरीलाई बुझाएका छन् ।

उहाँका अनुसार भारतीय नागरिकले जग्गा सम्बन्धी कारोवारमा वडाध्यक्षलाई रकम बुझाएका हुन् । वडाध्यक्षले रकम नदिएर काम रोक्ने भनेपछि चौहानले विर्तामोडमा आएर पैसा बुझाएका हुन् ।

घुस रकम लिने र दिने दुवै जनालाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ । थप अनुसन्धान र कारवाहीका लागि वडाअध्यक्ष ओली र चौहानलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीलाई जिम्मा लगाइएको डिएसपी प्रकाश विष्टले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here