आर्थिक मन्दीबाट तंग्रिँदै फिनल्याण्ड, सार्वजनिक घाटा कायमै


९ आश्विन २०८१, बुधबार ११:२४ मा प्रकाशित

फिनल्याण्ड आर्थिक मन्दीबाट तंग्रिरहेको देशको वित्त मन्त्रालयले बताएको छ । तर सार्वजनिक अर्थतन्त्र निरन्तर घाटामा रहेको बताइएको छ । विश्लेषण प्रतिवेदनले फिनल्याण्डले युरोपेली आयोगको अत्यधिक घाटा प्रक्रियालाई ट्रिगर गर्नबाट जोगिने जनाएको छ ।

प्रतिवेदनले सार्वजनिक क्षेत्र घाटा–जीडीपी अनुपात यस वर्ष ३.७ प्रतिशत र २०२५ मा ३.२ प्रतिशत हुने प्रक्षेपण गरेको छ । फिनल्याण्ड सरकारले घाटा अनुपात ३.५ प्रतिशतभन्दा कम राख्ने प्रतिवद्धता जनाएको थियो ।

अर्थमन्त्री रिक्का पुराले आर्थिक नीति मन्त्रिस्तरीय समूहलेस्वीकृत गरेको लक्ष्यलाई आगामी वर्ष घाटा अनुपात २ दशमलव ९ प्रतिशतमा ल्याउने सरकारको योजना रहेको बताउनु भयो । मन्त्रालयको पछिल्लो आर्थिक दृष्टिकोणले पनि फिनल्याण्डले मन्दीबाट बाहिर निस्किँदा सन् २०२४ को वृद्धिको अपेक्षा केही तल झरेको उल्लेख गरेको छ ।

मन्त्रालयले २०२४ मा ०.२ प्रतिशत संकुचन, २०२५ मा १.७ प्रतिशत र २०२६ मा १.५ प्रतिशत वृद्धि हुने अनुमान गरेको छ । 
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here