कोशी प्रदेश सरकारविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ जारी


८ श्रावण २०८०, सोमबार १४:५७ मा प्रकाशित

काठमाडौं । कोशी प्रदेश सरकारविरुद्ध परेको रिटमाथि सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ । 

कोशी प्रदेश सरकारको वैधतामाथि प्रश्न उठाएर कोशी प्रदेश सभा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा सोमबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलास सुनुवाइ भइरहेको हो । 

दिउँसो १२ः३५ बजेदेखि सुरु भएको सुनुवाइ अहिले खाजाखाना समय रोकिएको र पछि सुरु हुने अदालतले जनाएको छ । 

कोशी प्रदेशसभा कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री बनाउन असंवैधानिक रुपमा सभामुख बाबुराम गौतमको हस्ताक्षर प्रयोग गरेको भन्दै बदर गर्दै आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेशको मागसहित कार्कीले गत २२ असारमा प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापा र सभामुख गौतमलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here