सुनको मूल्य तोलाको १ लाख ६० हजार नजिक , हालसम्मकै उच्च


८ आश्विन २०८१, मंगलवार ११:२० मा प्रकाशित

काठमाडौं । नेपाली बजारमा आज पनी सुनको मूल्य बढेको छ । मंगलबार सुन तोलामा ५ सयले बढेर प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

महासंघका अनुसार यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो । यसअघि सोमबार सुन प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ९१५ रुपैयाँमा कारोबार भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here