गाजापट्टीमा इजरायली आक्रमणबाट १० प्यालेस्टाइनीको मृत्यु


८ आश्विन २०८१, मंगलवार ११:३२ मा प्रकाशित

विस्थापित मानिसहरूलाई आश्रय दिने विद्यालय र मध्य गाजापट्टीको एक आवासीय घरमा इजरायली आक्रमणमा १० प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी स्रोतहरूले बताएका छन् ।

इजरायली युद्धक विमानहरूले गाजा पट्टीको मध्यभागमा रहेको नुसेइराट शरणार्थी शिविरमा रहेको खालिद बिन अल–वालिद विद्यालयलाई निशाना बनाइ आक्रमण गरेका थिए ।

गाजाको सिभिल डिफेन्सले बम विष्फोटमा पाँच जनाको ज्यान गएको र अन्य विभिन्न स्तरमा घाइते भएका सबैलाई अस्पताल लगिएको बताएको छ । गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुनेको संख्या ४१ हजार ४५५ पुगेको छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here