झापाको बिर्तामोडमा रहेको साझा प्रकाशनद्वारा पुस्तक प्रदर्शनी


७ आश्विन २०८१, सोमबार १९:५६ मा प्रकाशित

झापा । झापाको बिर्तामोडमा रहेको साझा प्रकाशनले पुस्तक प्रदर्शनी सञ्चालन गरिरहेको छ । असोज १ गतेदेखी सञ्चालन गरिएको प्रदर्शनी १५ गते सम्पन्न हुनेछ ।

पछिल्लो समय मानिसहरुमा पठन संस्कृतिको विकास घट्दै गएको अवस्थालाई मध्यनजर गर्दै २५ देखी ८० प्रतिशत सम्म छुट दिएर पुस्तकहरु विक्री गरिरहेको साझा प्रकाशनका शाखा प्रमुख देउकुमार राईले जानकारी दिनुभयो ।

विशेष गरेर विद्यार्थीहरुलाई लक्षित गरेर पुस्तक प्रदर्शनी आयोजना गरिएको आयोजकले जानकारी दिएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here