इटहरीमा चार जना चढेको मोटरसाइकल पिकअपसँग ठोक्कियो, तीन जनाको मृत्यु


६ श्रावण २०८०, शनिबार १०:२८ मा प्रकाशित

सुनसरी । इटहरीमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । एक जना सिकिस्त घाइते छन् ।

एउटा मोटरसाइकल पिकअपसँग ठोक्किँदा मोटरसाइकलमा सवार चार जनामध्ये तीनको मृत्यु भएको हो ।

गएराति इटहरीको कान्छी चोकमा उक्त दुर्घटना भएको हो । पूर्व–पश्चिम राजमार्गमा पश्चिमतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको पिकअप र मोटरसाइकल ठक्कर खाएको प्रहरीको भनाइ छ ।

डब्लु बी ७३ ई ९११७ नम्बरको पिकअप र को.२९ प ३७१२ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा रहेका तीन जनाको उपचारको क्रममा निधन भएको हो ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा इटहरी १६ का २६ वर्षीय करण चौधरी, २७ वर्षीय शम्भु चौधरी र २४ वर्षीय अनिनेश चौधरीको मृत्यु भएको छ । विराटनगरको गोल्डेन अस्पतालमा उपचाररत २७ वर्षीय प्रेमलाल चौधरीको अवस्था गम्भीर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here