लघुवित्तीय संस्था विरुद्धको संघर्ष समितिद्वारा शनिबार राष्ट्र बैंक घेराउ


६ श्रावण २०८०, शनिबार १५:५२ मा प्रकाशित

काठमाडौं । बिभिन्न माग राख्दै आन्दोलनरत लघुवित्तीय संस्था विरुद्धको संघर्ष समितिले शनिबार राष्ट्र बैंक घेराउ गरेको छ ।

लघुवित्तीय संस्थाहरु खारेज गर्नुपर्ने लगायतका माग राख्दै समितिले काठमाडौंको बालुवाटारस्थित राष्ट्र बैंक घेराउ गरेका हुन् ।

आफूहरुलाई लघुवित्तीय संस्थाहरुले ज्यादती गरेको उनीहरुको आरोप छ ।

उनीहरुले सामूहिक ऋण मिनाहा गर्नुपर्ने, आम गरिब किसानहरुलाई निशुल्क ऋण प्रदान गर्नुपर्ने लगायत ५ बुँदे माग अघि सारेका छन् ।

संघर्ष समितिले आफूहरुको मागका बिषयमा राष्ट्र बैंक पनि गम्भीर बन्नुपर्ने जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here