झापाको अवस्था सामान्य


७ आश्विन २०८१, सोमबार १२:२१ मा प्रकाशित

झापा । झापाको बीएण्डसी अस्पतालका संचालक दुर्गा प्रसाईलाई प्रहरीले पक्राउ गरेपछि उनका समर्थकले आह्वान गरेको हड्तालको प्रभाव झापामा न्यून छ । आन्दोलित बनेका उनका समर्थकहरुले सोमबार सबेरै ३ वटा भारतीय ट्रकमा आगजनी गरी क्षति पुर्याए पनि उनका समर्थक सडकमा देखिदैनन् ।


बिहानदेखि नै ठुलासाना, लामो छोटो दुरीका सवारी निर्वाध सञ्चालनमा छन् । बजार, पसल पनि खुलेका छन् । उज्यालो नहुँदै तोडफोड र आगजनी जस्ता अराजक गतिविधि गरेपनि अहिले भने सबैतिर निर्वाधरुपमा यातायात संचालन भइरहेको इलाका प्रहरी कार्यलय अनारमनीका डीएसपी प्रकाश विष्टले जानकारी दिनुभयो ।


हिजो प्रहरीले झापामा दुईजना समर्थकलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेहरुमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका झापा जिल्ला संयोजक रामचन्द्र मैनाली र नागरिक प्रतिरक्षा बलका मेची अञ्चल संयोजक दुरेन राई रहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रित सदस्य ज्वाला संग्रौलाले साइबर क्राइममा मुद्धा दर्ता गरेपछि प्रसाईं प्रक्राउ पर्नुभएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here