बूढीगण्डकी जलविद्युत आयोजनाको कार्यालय उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड गोरखा जाँदै


३ श्रावण २०८०, बुधबार ०८:१५ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल बुधबार गोरखा जाने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री दाहाल बुधबार बिहान ११ बजेपछि गोरखा प्रस्थान गर्नुहुने उहाँको सचिवालयले जनाएको छ । उहाँले बूढीगण्डकी जलविद्युत आयोजनाको कार्यालयको उद्घाटन त्याहाँ पुगेर गर्नु हुनेछ ।

आयोजनाको वातावरण मुआब्जा वितरण, पुनर्वास तथा पुनर्स्थापना इकाइ कार्यालय रहेको सिउरेनीटार, गोरखामा सो आयोजनाको फिल्ड कार्यालय उद्घाटन गर्न लागिएको हो ।

पत्नी सीता दाहालको निधनपछि प्रधानमन्त्री पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुन लाग्नु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here