बुट्टाबारीबाट भन्सार छलीका सामाग्री बरामद


५ आश्विन २०८१, शनिबार १९:२७ मा प्रकाशित

बिर्तामोड । शसस्त्र प्रहरी बेस क्याम्प शनिश्चरेले झापाको बुट्टाबारीबाट भन्सार छलीका सामाग्री बरामद गरेको छ ।

शनिबार साझँ सार्वजनिक बसमा लुकाईछिपाई बिर्तामोडतर्फ ल्याउदै गरेको अवस्थामा प्रहरीले भन्सार छलीका सामाग्री बरामत गरेको हो । कन्काई यातायातको बसमा पोके व्यापारीले लुकाएर ल्याएको किराना सामाग्रीहरु बरामद गरिएको बेस क्याम्पका डिएसपी विद्याराज कोइरालाले जानकारी दिनुभयो । बरामद गरिएका सामाग्री रुजु गरेर आवश्यक कारबाहीका लागि भन्सार बुझाइने कोइरालाले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here