सदन अवरोध गर्न छोड्दैनौँः अध्यक्ष दाहाल


५ आश्विन २०८१, शनिबार १३:०६ मा प्रकाशित

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सदन अवरोधलाई जारी राख्ने बताउनुभएको छ ।


शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफूहरु हत्या हिंसा भनेर संविधान र शान्ति सम्झौताको मर्म, भावना विपरित, विस्तृत शान्ति सम्झौता विपरित सदन अवरोधको स्थितिमा रहेको बताउनु भयो ।

सदनबाट जबरजस्त आक्रमण गर्ने चेतावनी दिनुभयो । उहाँले प्रतिनिधि सभामा संख्यामा कमजोर भएपनि विरासत, मुद्दा, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान र संविधानमा आफूहरुको बारेमा गरिएको व्यवस्थाका कारण पनि कमजोर नरहेको बताउनु भयो । उहाँले कमजोर छौँ भनेर हिन भावना लिनु सही नहुने बताउनु भयो । 

अध्यक्ष दाहालले संवैधानिक परिषद्मा विपक्षीलाई कमजोर पार्न गरिएका चलाबाजीहरु आफूहरुले असफल बनाएको बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here