एमाले अध्यक्ष ओली क्याम्बोडिया प्रस्थान


३ श्रावण २०८०, बुधबार ०७:२७ मा प्रकाशित

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान गर्नुभएको छ ।

उहाँ गएराति ११ः१० बजे कम्बोडिया प्रस्थान गर्नुभएको हो । उहाँले पार्टी अध्यक्षको कार्यवहाकको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङलाई दिनुभएको छ।

अध्यक्ष ओली साउन ८ गते स्वदेश फर्कने कार्यसूची रहेको छ। भ्रमण टोलीमा ओलीका पत्नी राधिका शाक्य, उपमहासचिव विष्णु रिमाल, सचिवालयका राजेश बज्राचार्य र दिनेश भण्डारी छन्।

ओलीले शनिबार बसेको सचिवालय बैठकमा भ्रमणबारे जानकारी गराएको उपमहाचिव प्रदीप ज्ञवालीले बताउनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here