प्रधानमन्त्री प्रचण्डले साउन ७ गतेदेखि इटालीको भ्रमण गर्ने


३ श्रावण २०८०, बुधबार ११:२८ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साउन ७ गते गतेदेखि इटालीको भ्रमण गर्नुहुने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको मन्त्रीपरिषद् बैठकले प्रधानमन्त्रीको इटाली भ्रमण स्वीकृत गर्ने निर्णय गरेको हो ।

संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीमा आयोजना हुने ‘युनाइटेड नेसन्स फुड सिस्टम, २०२३ स्टकटेकिङ मोमेन्ट’मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड साउन ७ गते त्यसतर्फ जाने सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो ।

प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा कृषि तथा पशुपक्षी विकासमन्त्री डा वेदुराम भुसाललगायतको प्रतिनिधित्व रहने उहाँले बताउनुभयो । बैठकले कम्पनी दर्ता र पूँजी वृद्धि गर्दा लाग्ने शुल्क तथा दस्तुर छुट तथा परिमार्जनसम्बन्धी सूचना प्रकाशन गर्ने निर्णय गरेको प्रवक्ता शर्माले बताउनुभयो ।

त्यस्तै बैठकले सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको सञ्चालक समितिको सदस्यमा सोही अस्पतालका चिकित्सक डा रवि मल्ललाई नियुक्त गरेको मन्त्री शर्माले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here