पाकिस्तानः भिडन्तमा ६ सैनिक र १२ आतंककारी मारिए


६ आश्विन २०८१, आईतवार १०:५६ मा प्रकाशित

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा आतंकवादी र सुरक्षा बलहरू बीचको दुई छुट्टाछुट्टै भिडन्तमा ६ सैनिक र १२ आतंककारी मारिएका छन् । आतंककारीहरूले प्रान्तको दक्षिण वजिरिस्तान जिल्लामा सुरक्षा बलको चेक पोस्टमा हमला गरेका थिए ।

गोलाबारीमा ६ जना सेनाको पनि मृत्यु भएको आईएसपीआरले जनाएको छ । मारिएका लडाकुहरूबाट ठूलो परिमाणमा हतियार, गोलाबारुद र विस्फोटक पदार्थ पनि बरामद गरिएको छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here