निर्वाचन कार्यालय पहिलाकै अवस्थामा कायम रहन्छन्ः अर्थमन्त्री महत


१२ असार २०८०, मंगलवार १४:३८ मा प्रकाशित

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले निर्वाचन आयोगको जिल्ला संरचना अहिले कै अवस्थामा कायम रहने स्पष्ट पार्नुभएको छ ।

जिल्ला निर्वाचन कार्यालय खारेजी गर्न लागिएको भन्दै एमाले र रास्वपाले विरोध जनाएपछि मंगलबार प्रतिनिधिसभाको दोश्रो बैठकमा यस बिषयमा जानकारी दिर्दै अर्थमन्त्री महतले निर्वाचनको स्वतन्त्रताको पक्षमा आफूहरु रहेको भन्दै आयोगको जिल्ला संरचना अहिलेकै अवस्थामा कायम रहने स्पष्ट पार्नुभएको हो ।

उहाँले जिल्ला निर्वाचन कार्यालय निर्वाचन आयोगले जसरी राख्न चाहन्छ, त्यस्तै अवस्थामा रहने बताउनुभयो । निर्वाचन कार्यालय खारेजी गर्ने सरकारको कुनै मनाशय नभएपनि भुलबस बजेटमा खारेजी भन्ने शव्द परेको उहाँको भनाइ छ ।

उहाँले प्रशासन कार्यालय परिसरमा नै जिल्ला निर्वाचन कार्यालय राख्ने तयारी भए पनि सरोकारवाला सवैसंग कुराकानी भएपछि निर्वाचन आयोगको जिल्ला संरचना हटाउने कुनै योजना नरहेको जिकिर गर्नुभयो ।

उहाँले आयोगको स्वतन्त्र अस्तित्व र काम कारवाहीमा देखिएका व्यवधान समाधान गर्न सरकार तयार रहेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here