जलहरि हटाएर राज्यकोषमा दाखिला गर्नुपर्छः सांसद गौतम


१२ असार २०८०, मंगलवार १४:५३ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रतिमा गौतमले पशुपतिनाथ मन्दिरमा सुनको जलहरि हटाएर राज्यकोषमा दाखिला गर्नुपर्ने बताउनुभएको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा गौतमले पशुपतिनाथ मन्दिरमा सुनको जलहरि हटाएर राज्यकोषमा दाखिला गदै पशुपतिनाथको मौलिक स्वरुप कायम गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले पशुपतिनाथ मन्दिरमा अनावश्यक रुपमा सुनको जलहरि राखिएको र जलहरिसम्बन्धी विवादले हिन्दू धर्मावलम्बीको भावनामा चोट पुगेको उल्लेख गर्नुभयो ।

त्यस्तै उहाँले जलहरिमा १३ जनाको नाम कुँदेको भन्दै आपत्ति जनाउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here