हात्तीको आक्रमणबाट झापा हल्दीबारीमा एक जनाको मृत्यु


१२ असार २०८०, मंगलवार ०९:१० मा प्रकाशित

झापा । जंगली हात्तीको आक्रमणबाट झापाको हल्दीबारीमा एक जनाको मृत्यु भएको छ । 

भद्रपुर नगरपालिका वडा नं. ७ बस्ने वर्ष ५३ को गिरेन कर्मकारको जंगली च्याउ टिप्न गएको बेला हात्तीले आक्रमणमा परी घटना स्थलममा नै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here