झापाको शिवसताक्षीमा सवारी दुर्घटना, बाबुछोरीको मृत्यु


१२ असार २०८०, मंगलवार ०८:२९ मा प्रकाशित

झापा । झापाको शिवसताक्षी नगरपालिकामा दुईवटा सवारी साधन एक आपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ गइरहेको मालबाहक ट्रकले विपरीत दिशाबाट आएको कारलाई ठक्कर दिँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको पुष्टि भएको छ।

मृत्यु हुनेमा मोरङ उर्लाबारीका ४५ वर्षिय गुरूचन चौधरी र १८ वर्षीया कुमकुम चौधरी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ । मृतक दुई जना बाबुछोरी हुन् । दुर्घटनाबाट गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि बिर्तामोडमा रहेको बिएण्डसी अस्पताल लगिएको थियो। उनीहरूको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा अन्य ६ जना घाइते छन्। उनीहरूको उपचार भइरहको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here